काठमाडौँ। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए। धनुषाको नगराइन नगरपालिका ३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्। साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन भएका हुन्। […]




No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other