काठमाडौँ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त गरे। उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। भट्ट नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

politics and government
executive appointment or resignation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...