बिहीबार दिउँसो साढे एक बज्दै थियो। सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जको मुख्य सडकमा सुरक्षाकर्मीको लस्कर थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गस्ती टोलीहरू हतियारसहित ओहोरद...
-1785408260.jpg&w=3840&q=75)


























बिहीबार दिउँसो साढे एक बज्दै थियो। सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जको मुख्य सडकमा सुरक्षाकर्मीको लस्कर थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गस्ती टोलीहरू हतियारसहित ओहोरद...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कप्तानगंज घटनाको निष्पक्ष छानबिन हुने बताउनुभएकाे छ । उहाँले राष्ट्रका नाममा सम्बोधन गर्दै निष्पक्ष र पारदर्शी तरिकाले छानबिन हुने बताउनसभयाे । कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयाे ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ ।
काठमाडौँ- जनकपुरधाममा कर्फ्यु खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार अपराह्नदेखि लगाएको कर्फ्यु शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म खुकुलो पारेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सर्वसाधारणको दैनिकीलाई सहज बनाउन बिहान १० बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिए। दुध, तरकारी, फलफूल, खाद्यान्नलगायतका आवश्यक बस्तु खरिद गर्न आंशिक रूपमा कर्फ्यु खुकुलो गरिएको उनले बताए। […]
काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। अब मन्त्रिपरिषद्ले सिफारिसमा परेका उम्मेदवारमध्ये एक जनालाई बोर्डको सिइओ नियुक्त गर्नेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको समितिले विकास अर्थशास्त्री याङ्की उक्याब, अर्थशास्त्री मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम सिफारिस गरेको हो। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]
सिरहा। सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारसँग नेपाल सरकारबीच ८ बुँदे सहमति भए पनि सिरहामा लगाइएको कर्फ्यु भने अझै यथावत रहेको छ। कर्फ्युका कारण सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।भने,अत्यावश्यक कामका लागि घरबाट निस्केका व्यक्तिहरूलाई सुरक्षाकर्मीले सोधपुछपछि मात्र आवतजावत गर्न दिइरहेका छन्। सहमति […]
काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनअनुसार अघि बढाइने बताएका छन् । घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्किन नदिने सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले बताएका छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पछिल्ला घटनाले सिर्जना गरेको तनावप्रति सरकार गम्भीर रहेको उल्लेख […]
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको समृद्धिमा विदेशमा बस्ने नेपालीहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन्। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनि...
काठमाडौं । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको छ। गणेशको शव सिरहाको औरही गाउँपालिका–२, तुलसियाहीस्थित निवासमा आज साँझ पुर्याइएको हो। शव घर पुगेपछि परिवार, आफन्त तथा स्थानीयवासी भावुक बनेका थिए। परिवारका अनुसार हिन्दू परम्पराअनुसार आवश्यक […]
काठमाडौँ- हिन्दु राष्ट्रलगायतका माग राख्दै संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे माग प्रस्तुत गरेको छ। सुनसरी घटनाको विरोधमा विभिन्न हिन्दुवादी संघसंस्था सम्मलित संयुक्त हिन्दु मोर्चाले शनिबार जनकपुरधाममा भएको वार्ताका क्रममा गृहमन्त्री सुधन गुरुङसमक्ष १३ बुँदे माग प्रस्तुत गरेको हो। वार्ताका क्रममा गृहमन्त्री गुरुङले हिन्दु राष्ट्रबारे छलफल गर्न तीन महिनाको समय माग गर्दै अन्य माग पूरा […]
गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् ।
इटहरी, १५ साउन । सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक घटनाको छैटौं दिन जिल्लाको अवस्था बिस्तारै सामान्य बन्दै गएको छ। गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेर मृतकका परिवार, स्थानीय सरोकारवाला र आन्दोलनरत पक्षसँग छलफल गरेपछि शुक्रबार बिहान सरकार र मृतकका परिवारबीच ६ बुँदे सहमति भएको हो। सहमति भएसँगै आन्दोलन फिर्ता लिने सहमति बनेको छ भने जिल्लाको शान्ति सुरक्षामा […]
काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्। तर बैठकको एजेन्डा सार्वजनिक नगरिए पनि पार्टीभित्र बढ्दो आन्तरिक विवाद र संस्थापन इतर समूहले राष्ट्रिय भेला घोषणा गरेपछि यसलाई […]
रत्नप्रसाद आचार्य, सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले सरुवाको निर्णय भइसकेपछि पनि अन्तिम समयसम्म जिल्लाको सुरक्षा कमाण्ड सम्हाल्दै सुनसरीलाई शान्त अवस्थामा पुर्याएर सोमबार बिदा भएका छन्। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा एसपी थेबे बिरामी बाबुको उपचारका लागि बिदामा थिए। सो घटनामा प्रहरी र प्रदर्शनकारीबीच […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न सर्कुलर पठाएको छ। आयोगका प्रमुख भुवन केसीले बाँकी रहेका अधिवेशन टुङ्ग्याउन पार्टीपंक्तिमा तीन बुँदे निर्देशन दिएका हुन्। निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यले रास्वपाले अधिवेशन सक्न भनेको सर्कुलरमा उल्लेख छ। पहिलो बुँदामा भनिएको छ, ‘हालसम्म सम्पन्न हुन […]
नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट कौशल केसी, सिए ना...
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका नेपाली सेनाका एक क्याप्टेनलाई हप्कीदप्की गरेको भिडिओ सार्वजनिक भएपछि उनको व्यापक आलोचना भइरहेको छ। गोकर्णेश्वर नग...
काठमाडौं। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उच्च रक्तचाप र मधुमेह (सुगर) को तह बढेपछि वीर अस्पतालमा भर्ना भएका छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा आयोजित बैठकका क्रममा अचानक बेहोस भएका उनलाई सुरुमा मध्यपुर ठिमी अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि घर फर्किएका थपलियाको स्वास्थ्यमा पुनः समस्या […]
काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्। उनी साउन २६ गते राति पौने १० बजेको उडानर्माफत् काठमाडौं फर्किन लागेको नेता डा. प्रकाशशरण महतले बताएका छन्। यसअघि उनले ५ साउनमा बीपी कोइरालालाई सम्झिँदै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि आफू स्वदेश फर्किन लागेको घोषणा गरेका थिए। देउवाले लोकतन्त्र, […]
इनरुवा । देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग गर्दै नेपाली कांग्रेस सुनसरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचार, पीडित तथा प्रभावितलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्ने माग गरिएको छ। कांग्रेस सुनसरीले यी माग तीन दिनभित्र पूरा गर्न […]
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले राष्ट्र सामु देखिएका चुनौतिहरूको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन्। राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट पत्रकार सम्मेलन गर्दै संयोजक डा. कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेताका निवास दुःखसुख साट्ने, भरोसा र विश्वासको केन्द्र बन्नसक्नुपर्ने बताएका छन्। पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा छलफलका क्रममा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति ढलेपछि उनले यस्तो बताएका हुन्। त्यही प्रसङ्गलाई लक्षित गर्दै उनले भनेका भने, ‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरू दुःख […]
काठमाडौं । सुनसरी घटनापछि धार्मिक सद्भाव कायम गर्न आयोजित संवाद र जनकपुरमा गृहमन्त्रीलाई बुझाइएको मागपत्रसँग सम्बन्धित केही व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध रहेको दाबी सार्वजनिक भएको छ। प्रकाशित विवरणअनुसार, रास्वपाका पूर्व केन्द्रीय सदस्य उम्मेदवार तथा पार्टीको स्टार्टअप विभागमा सक्रिय रहनुभएका राजुराज फुँयाल हिन्दू धर्मगुरुको प्रतिनिधिका रूपमा सभापति रवि लामिछानेसँग भएको संवादमा सहभागी हुनुभएको थियो। […]
जनकपुरधाम — सरकार र मिटरब्याज पीडित पक्षबीच भएको ९ बुँदे सहमति तथा त्यसका आधारमा मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोध गर्दै मधेसका साहु–महाजनहरू शुक्रबार जनकपुरधाममा सडकमा उत्रिएका छन्। उनीहरूले सरकारले आफूहरूका हितविपरीत एकतर्फी निर्णय गरेको आरोप लगाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा भएको प्रदर्शनमा मधेस प्रदेशका आठै जिल्लाबाट आएका […]
कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च अदालतले बिहीबार कांग्रेसको आधिकारिकतासम्बन्धी विवादबारेको मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्न आदेश दिएको हो । प्रधान्यायाधीश डा। श्री मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो […]
जनकपुरधाम ।पैसा ब्याजमा लगाउने साहु–महाजनहरूले सरकार र ‘मिटरब्याज’ पीडितबीच भएको नौबुँदे सम्झौता खारेज गर्न माग गर्दै शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्। मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका करिब ७ सय साहु–महाजनले जनकपुरधामका विभिन्न चोक हुँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत, धनुषाको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘नौबुँदे सम्झौता खारेज गर’, ‘गृहमन्त्री […]
काठमाडौँ । सरकारले तीनवटा मुख्य प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री बालेन शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयन गरेका हुन्। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी नियुक्त भएका […]
politics and government
ongoing situation or routine update
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...