काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख मियाँले भट्टलाई शुक्रबार बिहान सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तस्बिर : लवदेव धामी/नेपाल फोटो लाइब्रेरी

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
executive appointment or resignation
standard news report