घामपानी छेक्न ओढ्ने ओढोको प्रतिनिधित्व गर्छ छाताले । पट्याउन नमिल्ने छाताले त टेकोको पनि काम दिन्छ । छाताको सम्बन्ध वर्षा ऋतुमा पानी र ग्रीष्म ऋतुमा घामसँग हुन्छ । रोपाइँमा रोपाहारले घामपानीबाट छेकिन प्रयोग गर्ने घुम पनि एकप्रकारले छाता नै हो । जसरी बुझे पनि छाता भनेको छेको नै हो । खासमा छाता भनेको चन्द्र, सूर्य छेक्ने राहु जस्तै घामपानी छेक्ने मान्छेको सहज औजार हो ।

No persons extracted.
No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
lifestyle and human interest
other
feature story or profile