पहिले यही १४ रोपनी पाखो बारीमा खनजोत गरेर मकै छथ्र्यौं । वर्षभरि गरेको मेहनतपछि बल्ल दुई महिनालाई खान पुग्थ्यो । बाँदर, ढेडु र दुम्सीले बाँकी बाली पनि सखाप पारिदिन्थे । अहिले त्यही जमिनले नगद फलाइरहेको छ । पाँचथरको फिदिम नगरपालिका–४, सालघारी निवासी रामकुमार तामाङको यो अनुभवले कृषिमा सोच परिवर्तन गर्न सकिने सन्देश दिएको छ । कुनै बेला अन्नसमेत राम्रोसँग नफल्ने १४ रोपनी पाखो बारी अहिले कागतीले बाह्रैमास हराभरा बनेको छ ।

No organizations extracted.
agriculture and farming
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...